कोरोना भाइरसको संक्रमण विस्तारसँगै भारतले विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । तर शुक्रबारबाट लागू हुने गरी भएको त्यस्तो रोक भिसा लिनुपर्ने मुलुकहरूका लागि मात्र भएकाले नेपालीले आउजाउ गर्न पाउनेछन् । यस्तै भुटानी पनि प्रभावित हुनेछैनन् ।
भारतीय उच्च अधिकारीहरूको बुधबारको बैठकले शुक्रबार १२ बजेबाट लागू हुने गरी भिसा लिनुपर्ने मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । नेपाल र भुटानका नागरिकले भारत पस्न भिसा लिनुपर्दैन । भारतले तेस्रो मुलुकका नागरिकलाई हवाई मार्ग हुँदै आउन रोक लगाएको हो । कोभिड–१९ संक्रमणको शंका लाग्यो भने हवाई मार्ग हुँदै भारत आउने नेपालीले १४ दिन क्वारेन्टाइनमा बस्नैपर्छ ।
भारतले कोभिड–१९ संक्रमणको जोखिम घटाउन स्थल मार्गका प्रवेशबिन्दुहरूमा पनि कडाइ गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया