काठमाडौं – आज माघे संक्रान्ति । यसलाई कतै मकर संक्रान्ति त कतै माघी पनि भनिन्छ । फरक–फरक समुदायमा भिन्न नामले चिनिने यो पर्व मैथिल र थारू समुदायमा नयाँ वर्षका रूपमा मनाईन्छ । नेवारी समुदायमा भने घिउ र चाकु संल्हु नामले माघे संक्रान्ति मनाइन्छ । माघे संक्रान्तिलाई मगर समुदायले राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । तारो हान्ने खेल यो समुदायमा प्रचलित छ ।
तारोको निसाना लागे मन परेकी केटी
यो सुनेर तपाईलाई अचम्मै लाग्यो होला तर यो संस्कृति हो । मगर समुदायमा केटाकेटीले एकापसमा मन पराएरमात्रै हुँदैनथ्यो, विवाह गर्न केटाले धनुषवाण हानेर निसाना लगाउनै पथ्र्यो । बुढापाका भन्छन्, निसाना लागेमात्रै मन परेकी केटी भित्र्याउन पाउँथ्यो नभए कर्ममै लेखेको रहेनछ भन्दै चित्त बुझाउँथे । उक्त संस्कारलाई बचाउन मगर समुदायले माघीमा विभिन्न स्थानमा धनुषवाण प्रतियोगिता समेत चलाउँछन् । आदिवासी जनजातिहरुमा मात्र प्रचलित तारो हान्ने खेलप्रति पछिल्लो समय युवावर्ग, विदेशी र अन्य समुदायको चासो बढेको छ । निशानामा आधारित तारो हान्ने खेल प्रतियोगिता विशेषतः साविक धवलागिरि अञ्चलका म्याग्दी, बागलुङ र मुस्ताङका आदिवासी जनजातिमा सीमित थियो ।
पछिल्लो समय तारो हान्ने खेल प्रतियोगिता विभिन्न मेला तथा पर्वहरुमा समेत आयोजना गरिन्छ ।
जानकारहरु भन्छन्, “जसले लगाउन सक्छ सिधा निशाना, उही तारो हान्ने खेलको विजेता हुन्छ ।” रबर टाँसिएको काठको मुढामा अघिल्लो भागमा सेतो, कालो, नीलो र रातो रङको रेखा हुन्छ, जसको बीच भागमा अत्यन्तै सानो स्टिल प्लेट राखिएको हुन्छ । त्यही मुढामा रहेको स्टिलको प्लेटलाई छेड्नका लागि आयोजकले निर्धारित गरेको दूरीबाट बाणबाट तारोले बारम्बार हान्ने काम नै तारो हान्ने खेल हो । तारोखेल अङ्कका आधारमा खेलिने खेलाडीले बताएका छन् । पाँच जनाको ‘टिम’ खेलिने उक्त खेलमा सहभागी टिममध्ये जसले बढी स्टिल प्लेटलाई निशाना लगाउन सक्छ, अङ्कका आधारमा उसैलाई विजेता टिम घोषण गिरिने गरिन्छ । “यो परम्परागत तारो हान्ने खेल लोप हुने अवस्थामा छ”, खेलाडी पूर्ण थापामगरले भन्नुभयो, “यसको प्रवद्र्धन गर्न सकेमा यो खेलले बाह्य पर्यटक तान्न सक्ने देखिन्छ ।” तारो हान्ने खेल मुस्ताङ, म्याग्दी र बागलुङलगायत कास्की र काठमाडौँमा समेत प्रचलित भए पनि प्रचारप्रसारको अभावमा लोप हुन थालेको खेलप्रेमी बताउँछन् । यो खेल अहिले देशका विभिन्न स्थानमा खेलिँदै छ ।
सुँगुरको मासु खाएर धमार गाउँदै माघी
थारू समुदायमा सुँगुरको मासु खाएर धमार गाउँदै माघी मनाउने चलन छ । माघीको दिन काभ्रेको पनौतीमा मकर मेला लाग्छ । यसै दिन अधिकांश स्थानमा चाकुमा तिल मिसाएर बनाइएको लड्डु, तिलौरा, चाकु, भुजाको लड्डु, मिठाई, खिचडी, पिँडालु खान्छन् । साथै, क्षेत्री, बाहुन, राई, लिम्बू, गुरुङ आदि सबै समुदायले माघे संक्रान्तिलाई आ–आफ्नो परम्पराअनुसार मनाउने गर्छन् । उनीहरुले घिउ, तरुल, चाकु, खिचडी आदि परिकार खाने गर्छन् । माघी पर्वलाई धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत हेरिन्छ । यस दिन स्नान वा घर–आँगनको सरसफाइ नगरे सात जन्मसम्म रोगी र निर्धन भइने किंवदन्ती छ । यो दिन दान दिँदा राम्रो हुन्छ भनिन्छ ।
तिलको लड्डु र खिचडीको महत्व
पौराणिक कथाहरूमा उल्लेख भएअनुसार खिचडी भगवान् शिवले आविष्कार गरेका थिए । शिवका अवतार मानिने गोरखनाथ बाबाले सजिलोका लागि आफ्ना सैनिकहरूलाई खिचडी बनाउन लगाएका थिए । यसरी पकाउन सजिलो, स्वादिष्ट हुने तथा शरीरलाई ऊर्जासमेत दिने भएकाले यसलाई विशेष रूपले खान थालियो । माघीमा खाइने खाद्यपदार्थ आयुर्वेदसँगै चिकित्साशास्त्रमा पनि स्वास्थ्यका लागि उपयोगी मानिन्छ । जाडो महिनामा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढ्ने गर्छ । मास हालेर पकाइएको तेल शरीरमा लगाउँदा चिसोबाट मुक्त भइन्छ । साथै, छालासम्बन्धी रोगहरूबाट समेत राहत मिल्छ ।
माघे संक्रान्तिमा तिलको लड्डु, घिउ, चाकु, तरुल र खिचडी खाने प्रचलन छ । यसरी विशेष खानेकुरा खानुका पछाडि विभिन्न किंवदन्ती पाइन्छ । श्रीमद्भागवत महापुराणमा उल्लेख भएअनुसार भगवान् सूर्यदेवमा क्रोध उत्पन्न भयो । उनले क्रोधका कारण पुत्र शनिदेवको कुम्भ जलाइदिए । यसकारण शनिदेवले धेरै दुःख पाए । उनको राशि कुम्भ पूरै जलिसकेकाले उनीसँग कालो तिल मात्रै बाँकी रह्यो । यसर्थ, शनिदेवले पिता सूर्यदेवलाई खुसी पार्नका लागि कालो तिलले पूजा आरधना गरे । त्यो माघे संक्रान्तिको दिन थियो । पछि सूर्यदेव प्रसन्न भए र शनिको घर मकर राशिमा प्रवेश गराई धनधान्यले पूर्ण हुने वरदान दिए । यसरी मकर संक्रान्तिका दिन कालो तिलको विशेष महत्व हुन थालेको हो ।
माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व हो, जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । ज्योतिष विज्ञानको मान्यता छ, यो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्छ ।
तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् । प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छ । अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमुल खाएर पनि प्राण धान्ने पुरानो चलनको निरन्तरता हो यो । अहिले पनि मौसमी चक्र अनुसार खानपान शैली अपनाउने हो भने कन्दमुल खानु निकै उपयोगी हुन्छ । यो पर्व स्वास्थ्य र समाजसँग पनि एकाकार छ । बाँडिचुँडी खानुपर्छ, परिवार मिल्नुपर्छ भन्ने शिक्षा दिन्छ यो पर्वले ।
यसैबिच चौधरी–थारु बस्तीमा के बूढा, के तन्नेरी, सबै उमेर समूहलाई माघीको रौनकले छोपेको छ पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारु बस्तीमा माघ महिनाको शुरुवातदेखि नै माघी पर्वलाई विशेष रुपमा मनाइन्छ । माघ १ गतेदेखि शुरु हुने सप्ताहव्यापी यस पर्वमा थारु समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको छ । माघीको पूर्वसन्ध्यामा थारु बस्तीमा बंगुर काट्ने, बेलुकी खानपिन गर्र्दै रमाइलो गर्ने प्रचलन रहेको थारु अगुवाको भनाइ छ । थारु समुदायले माघी पर्वका अवसरमा विशेषतः ढिक्री, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने प्रचलन रहिआएको छ । माघीको अघिल्लो रात सँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भन्ने प्रचलन छ । त्यस रात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्छ । माघीको दिन ९माघ १ गते० झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन छ । माघीका अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अञ्जानवश गरिएको पाप नाश हुने धार्मिक मन्यतासमेत छ ।

त्यस्तै
माघे संक्रान्तिको अवसरमा प्रदेश नं। ५ को सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आगामी माघ १ र २ गते माघे संक्रान्ति पर्व मनाउन प्रदेश ५ मा सार्वजनिक बिदा दिने निर्णय भएको हो । यो प्रदेशमा नवलपरासी बर्दघाट ९सुस्ता पश्चिम०, रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम ९पूर्वी भाग०, रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन् । गत वर्ष पनि प्रदेश ५ ले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी नामले चिनिने किरातहरुको नयाँ बर्षको रुपमा यस पर्व माघ महिनाको पहिलो दिन पर्दछ।
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिएको हो । थारू समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँछन् । माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ ।
दाङ देउखुरीमा पर्ने धार्मिकस्थल रिहार थारू समुदायको परम्परागत देवथानको रूपमा रहेको छ, त्यहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ ।
त्यहाँ भारतबाट समेत ठूलो सङ्ख्यमा तीर्थालुहरू आउँछन् । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास छ ।
यसैगरी दाङ देउखुरीकै गोबरडिहाको जङ्गलवा कुट्टीमा पनि माघे सङ्क्रान्तिमा मानिसहरू रातभरि जाग्रम गरी पूजाआजा गर्छन् । माघी पर्व थारुहरूको सबैभन्दा ठूलो पर्व रहेकोले यसलाई परापूर्वकालदेखि नै धुमधामका साथ मनाउँदै आइरहेका छन् ।
के हुन्छ तयारी ?
माघी पर्व मनाउनका लागि १ महिना अगाडिदेखि नै तयारी सुरु हुन्छ ।
खानाका परिकारहरू पकाउनका लागि काठ, दाउरा अनदीको चामलको गुलियो जाँड, रक्सी, सालको पात टिपेर ल्याइ दुना, टपरी गाँस्ने तोरीको खाने तेल पेल्ने आदि गरिन्छ ।
ढिकुरी बनाउनका लागि भएसम्म मसिनो चामलको पिठो पिस्ने गरिन्छ ।
यस दिन माछाको परिकार अनिवार्य रूपमा बनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया