पुरुषलाई निशाना बनाउने यी हुन् ब्रीटेनका सबैभन्दा खतरनाक बलात्कारी

एजेन्सी । रिनहार्ड नामका यी व्यक्तिको नाममा १५९ यौन अपराधहरु मध्ये १३६ बलात्कारका अपराध सामिल थिए । अदालतका अनुसार रिनहार्डले ४८ पुरुषलाई आफ्नो फ्ल्याटमा लगेर बलात्कार गरेका थिए ।

पुलिसका अनुसार रिनहार्डले १९० जनालाई निशाना बनाएका थिए । ३६ वर्षका रिनहार्डले पहिलेदेखि नै दुई घटनाले गर्दा जन्म कैदको सजाय पाईसकेका छन् ।

ब्रिटेनमा बसिरहेका इन्डोनेशीयाली नागरिक रिनहार्ड सनागालाई अदालतले चार फरक-फरक मुद्धामा १ सय ३६ बलात्कार, ८ बलात्कारका प्रयास र १४ अन्य यौन अपराधमा दोषी ठहर गरेको छ ।

अदालतका अनुसार रिनहार्डले समलिङ्गी नभएका पुरुषलाई मात्र निशाना बनाउने गरेका थिए ।

पुलिसका अनुसार ब्रिटेनको इतिहासमा उनी नै सबैभन्दा खतरनाक बलत्कारी हुन् । र रिनहार्डलाई विश्वमै खतरनाक बलत्कारी मान्ने गरिन्छ ।

गएको सोमवार मात्र अदालतका जर्ज जस्टिन सुजैन गोडार्डले भने,रिनहार्ड सनागा एक सैतान जस्तो यौन शिकारी हो । जसलाई कहिल्यै पनि रिरा गर्नु हुँदैन ।

सनागा नाइट क्लव तथा बारबाट बाहिर निस्किने पुरुषहरुलाई कुरेर बस्थे । उनी ति पुरुषहरुलाई रक्सी वा ट्याक्सी मगाइदिने बहानामा आफ्नो फ्ल्याटमा लिएर जान्थे र बलत्कार गर्थे ।

रिनहार्डले आफ्नो शिकार बनाएका पुरुषलाई बेहोस हुने औषधी खुवाउँथे र बलात्कार गर्थे । उनीहरु बेहोसीबाट उठ्दा के भयो केहि थाहा हुँदैन थियो । रिनहार्ड युनिभर्सिटी अफ लीड्सबाट पीएचडी गर्दै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?