काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सय वर्षका लागि उपत्यकाको फोहोर व्यवस्थापन हुने बताएका छन् । मानन्धरले फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा स्थलको अनुगमन गर्दै त्यस्तो बताएका हुन् ।
उनले अनुगमनका क्रममा निर्माणाधिन ल्याण्ड फिल्ड साइडमा देखिएको अवरोध अन्त्य गर्ने प्रतिवद्वतासमेत जनाएका छन् । शुक्रबार बिहान काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र भक्तपुर नगरपालिकाका प्रमुख सहित उपत्यकाका १८ वटै नगरपालिकाका प्रतिनिधि र सहरी विकास मन्त्रालयका उच्च अधिकारीसहितको टोली लिएर बन्चरेडाँडा पुगेका मन्त्री मानन्धरले ल्याण्डफिल्ड साइट निर्माणमा ढिलाइ भए सैह्य नहुने बताए ।
मानन्धरले फागुन भित्र निर्माण सम्पन्न गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई निर्देशन समेत दिएका छन्। मन्त्री मानन्धरले काठमाडौं उपत्यकालाई सुन्दर सहर निर्माण गर्नका लागि बन्चरेडाँडाको भुमिका निर्विकल्प रहेको बताउँदै स्थानीयका चासो सम्बोधन गर्ने बताए ।
मन्त्री मानन्धरले आफ्नो क्षेत्र पनि बन्चरेडाँडा भएकाले यस क्षेत्रमा देखिएका समस्या सुनुवाई गर्ने प्रतिबद्धता जानए । उनले उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरुसँग फोहर व्यवस्थापनसँग पीडित जनताको आवाज पनि सुन्न आग्रह गरे ।
यस अघिका सरकारले जनताको हितमा काम गर्न नसक्दा समस्या बल्झिएको बताउँदै नियमित अनुगमन र नजगुनासो सम्बोधनका लागि आफु पाक्षीक रुपमा बन्चरेडाँडा आउने प्रतिवद्दता समेत जनाए ।
१३ वर्षदेखि चर्चामा रहेको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइडमा आयोजनालाई आफूले नजिकबाट नियालीरहेको भन्दै राज्यमन्त्री मानन्धरले पाक्षिक रुपमा आयोजनाको निरीक्षण र अनुगमन गर्ने बताए । आयोजनामा देखिएका समस्या आफ्नै अग्रसरतामा समाधान गर्ने दाबी गरेका मन्त्री मानन्धरले यसलाई नमूना आयोजनाको रुपमा सम्पन्न गर्ने दाबी समेत गरे ।
उनले काठमाडौं सहित देशभरका सहरी क्षेत्रको फोहर व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोगमा जोड दिइने बताउँदै मन्त्री मानन्धरले बन्चरेडाँडाबाट निस्कने लिचड व्यवस्थापन र रिफइनरीका लागि पनि काम थाल्ने प्रतिवद्वता जनाएका छन् ।
उक्त परियोजना शहरी विकास मन्त्रालय मातहतमा आएपछि निर्माणले गति लिएको छ । तर पुस १ बाट फोहर फाल्ने लक्ष्य पूरा नभएपछि मन्त्री मानन्धर आफैं पटक पटक फिल्डमा पुगेका हुन् । अहिलेकै अवस्थामा निर्माण कार्यले तीब्रता पाएमा अबको दुई महिनाभित्र काठमाडौं उपत्यकाले भोग्दै आएको फोहरको समस्या सदाका लागि अन्त्य हुने विश्वास गरिएको छ । गत बैशाखबाट निर्माण कार्य थालिएको उक्त ल्याण्डफिल्ड साइडको धेरै काम अघि बढेको छ ।
आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ । बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइट निर्माणको लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया