उदयपुर । ७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गर्ने फरार अभियुक्त पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ९ गैरुनका २१ वर्षिय उमेश सदालाई विहीबार प्रहरीले पक्राउ गरेको
२०७६ साउन ८ गते स्थानीय ७७ वर्षिय वृद्धालाई सदाले जबरजस्ती करणी गरेका फरार रहेको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा फरार प्रतिवादी सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।
पक्राउ परेको प्रतिवादीलाई आवश्यक अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया