जङ्गली हात्तीको आक्रमणबाट तीन घरमा क्षति

दमक । झापाको कमल गाउँपालिका–५ स्थितमा गए राति आएको एक जोडी जङ्गली हात्तीको आक्रमणबाट तीन वटा घरमा क्षति पुगेको छ ।

वडाध्यक्ष डम्बरबहादुर निरौलाका अनुसार राति २ बजेतिर आएको हात्तीको माउसहित छावा हात्तीले उपद्रो मच्चाउदा त्यहाँका विष्णुप्रसाद खनाल, लक्ष्मी खनाल र मोहमद मुसिलको घरमा क्षति पु-याइएको छ ।

हात्तीको उपद्रोबाट खनालद्वयको घरमा सामान्य क्षति पु-याइएको थियो भने मोहमदको भने घरको बारा भत्काउनुका साथै धानसमेत खाएर क्षति पु–याएको उनले बताए ।

हात्ती नजिकैको रतुवा माई वृक्षरोपण आयोजना क्षेत्रको जङ्गलबाट आएको र रातभरी टोलवासी आतङ्कित हुनुपरेको वडाध्यक्ष निरौलाले बताए । हात्तीलाई राति नै प्रहरीसहित स्थानीयको सहयोगबाट जङ्गलतर्फ धपाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?