काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा एक बाघ मृत अवस्थामा भेटिएको छ । बुधवार सामुदायिक वन क्षेत्रमा बाघ मरेको भेटेका थिए ।
राष्ट्रिय निकुञ्ज अन्तर्गत ठोरी–३ स्थित वेदघारी सामुदायिक वन क्षेत्रमा वयस्क बाघ घाँसदाउरा लिन गएका स्थानीयले फेला पारेको बताइएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराबाट पशु चिकित्सकसहितको विज्ञ टोली घटनास्थलमा पुगेको छ । उक्त वयस्क बाघ मर्नुको कारण अनुसन्धानपछि मात्र खुल्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया