पेस्तोल बोकेर हिँडिरहेका बर्देवा काठमाडौंबाट पक्राउ

काठमाडौं । काठमाडौंबाट महानगरीय अपराध महाशाखाको टोलीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका स्थित बालुवाखानी तिर पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले रोशन बर्देवालाई पक्राउ गरेको हो ।

रामेछाप मन्थली नगरपालिका १३ घर भइ हाल काठमाडौँको चुनिखेल बस्दै आएका ३५ वर्षीय बर्देवा नेपाली सेनाको भगौडा भएको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?