ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता खड्कालाई न्याय परिषद्‍मा मौका

काठमाडौं । न्याय परिषद्को रिक्त सदस्य पदमा उमेर हद नाघेका लक्ष्मीबहादुर ‘निराला’ खड्कालाई परिषद्मा सिफारिस गरिएको छ । संविधानले न्याय परिषद्का अध्यक्षको उमेर हद ६५ वर्ष तोकेको छ । सोहीअनुसार प्रधानन्यायाधीश अध्यक्ष रहने समितिको सदस्यको उमेर हद पनि ६५ वर्ष रहनुपर्नेमा ६५ वर्ष उमेर काटेका खड्कालाई संसदीय समितिले सदस्य पदमा सिफारिस गर्न लागेको छ ।

संसदीय सुनुवाइ समितिले तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता खड्कालाई सिफारिस गरेको हो । निराला २०६२ पुस ११ देखि २०६३ वैशाख १५ सम्म महान्यायाधिवक्ता थिए । न्याय परिषद्मा सिफारिस भएका खड्काको विषयमा संघीय संसद् संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?