दाङमा आज पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार दाडको घोराही उपमहानगरपालिका १ अठ्ठाईसेको किचेनीदहमा डुबेर दुई बालकको मृत्यु भएको हो ।
स्थानिय भुपेन्द्र घर्तीका साढे २ बर्षिय छोरा युवराज घर्ती र बुद्धीराम घर्तीको ४ बर्षिय छोरा समिर घर्तीको पानीमा डुबेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खेल्ने क्रममा बालकहरु पानीमा डुबेको बताईएको छ ।
शवको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पोष्टमार्टम गरिएकोे प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमाप्रहरीले थप अनुसन्धान समेत सुरु गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया