प्रतिष्ठानको शिक्षाध्यक्षमा डा थापालाई ल्याउने तयारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर) मा प्रतिष्ठानका डा निरेश थापालाई ल्याउने तयारी भएको छ । प्रतिष्ठान जुम्लाको मेडिकल निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएका डा थापाको कार्यसम्पादन शैलीलाई मूल्याङ्कन गर्दै यसअघि नै प्रतिष्ठानले उहाँलाई शिक्षाध्यक्ष पदमा नियुक्ति गर्ने आन्तरिक गृहकार्य अघि बढाएको थियो ।

निवर्तमान शिक्षाध्यक्ष डा धर्मराज श्रेष्ठको कार्यवधि जेठ २५ गते सकिएपछि सात महिनादेखि प्रतिष्ठान हालसम्म शिक्षाध्यक्षविहीन छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले उक्त पदको नियुक्तिका लागि डा थापा, प्रा डा भरतमणि पोखरेल र प्रा डा बद्री बडुको नाम सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार सिफारिस गर्नुभएको थियो । प्रतिष्ठानमा नै योग्य जनशक्ति भएको र कार्यरत जनशक्तिलाई स्थान दिँदा काम गर्ने ऊर्जा मिल्ने भएकाले डा थापालाई पहिलो नम्बरमा सिफारिस गरिएको उपकुलपति डा वाग्लेले राससलाई जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?