प्रहरीलाई घुस दिन खोज्दा…

काठमाडौँ । प्रहरी इन्सपेक्टरलाई घुस दिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाही वाग्मती नपा वडा नं ८ सोल्टी बजार बस्ने श्यामकुमार श्रेष्ठले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरीक्षकलाई दश हजार दिन खोजेकाले उनलाई पक्राउ गरिएको हो ।

निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उक्त रकमसहित दाखिला हुन आएको हुँदा सो सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

मोटरसाइकल दुर्घटना भएको सम्बन्धमा मिलापत्र गराउन उनले प्रहरीलाई घुस दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?