त्रिविको दीक्षान्त भोलि

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोहमा भोलि हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार १८४ विद्यार्थी दिक्षित हुँदैछन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक÷पुरस्कारसमेत प्रदान गरिने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । समारोहमा करीब छ हजार ९०० अभिभावक सहभागी हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?