पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमाञ्चल क्षेत्रको भ्रमणबाट फर्कनुभएको करिब तीन सातापछि पूर्वाञ्चल भ्रमणमा निस्कन लाग्नुभएको छ। उहाँ पूर्वरानी कोमल र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि २ गते झापा जान लाग्नुभएको हो।
करिब एक महिना लामो बसाइका निम्ति झापा जान लाग्नुभएका ज्ञानेन्द्रले विभिन्न मठ–मन्दिरमा दर्शन र पूजाआजा गर्ने कार्यक्रम रहेको छ। ११ बजे बुद्ध एयरको जहाजबाट भद्रपुर जाने कार्यक्रम रहेको छ। सुरक्षा बन्दोबस्तीका लागि उहाँका अंगरक्षक सशस्त्र प्रहरीका डीएसपी राजन गुरागाईंसहितको टोेली झापा पुगिसकेको छ।नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया