घरघरमा भाइरलका बिरामी

जाजरकोट, २८ पुस — जाजरकोटको विकट जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको भाइरल ज्वरोबाट १ हजार ५ सयभन्दा बढी बिरामी परेका छन् । जुनीचाँदेका १, २, ३ र ११ वडामा ज्वरो फैलिएको हो । बिरामीहरूको सामान्य उपचार भए पनि अझै हरेक घरमा बिरामी छन् । स्वास्थ्य संस्थामा आवश्यक औषधि नभएपछि उपचारमा कठिनाइ भएको छ, कान्तिपुरमा खबर छ बडकुले गाउँपालिकाका ३६ भन्दा बढी घरका १ सय ५० जना भाइरलबाट थलिएका छन् । एकै परिवारका ५ जना बिरामी छन् । ३५ वर्षीया आमा तुलसी बुढा, ५ वर्षीय प्रकाश, ८ वर्षीया निर्मला, १० वर्षीय खिमे र १२ वर्षीया खिमेरी भाइरलबाट थलिए पनि उपचार पाएका छैनन् उक्त गाउँकै परिबहादुर बुढाका घरमा पनि ६ वर्षीय दीपक, २१ वर्षीया मन्दरा, ९ वर्षीय राजेन्द्र र १५ वर्षीय कमल भाइरलले थलिएका छन् । बडकुलेबाट ५ मिनेटको दूरीमा स्वास्थ्य संस्था भए पनि औषधि नभएकाले स्थानीय जाँदैनन् । स्वास्थ्यकर्मीले दिएको सिटामोलले सन्चो नहुने हुँदा स्वास्थ्य संस्थामा नगएको तुलसी बुढाले बताइन् । बरु घरमै बसेर आराम गर्ने र धामीझाँक्रीसँग उपचार गराउने गरेको उनले बताइन् जुनीचाँदे १ को काब्रा र कार्कीगाउँ, बडकुले २ को मजकोट, देसिपाटा, पाल्त, आली, मौगाना ३ को पराले, रावलगाउँ, डाँडाकोट, स्याँला, चौखे र कोर्ताङलगायत गाउँका बासिन्दा भाइरल ज्वरोबाट प्रभावित छन् । भाइरलका कारण बिहीबारसम्म १३ जनाको मृत्यु भइसकेको छ रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पखाला लाग्नेलगायत समस्याले बिरामी थलिएको उपचारमा संलग्न डा. पवन शाक्यले बताए । बिहीबार मात्र भैरव मावि र डाँडाकोटमा राखिएको शिविरमा ३ सय जनाको उपचार गरेको उनले जानकारी दिए । स्वास्थ्य संस्था र शिविरमा बिरामी नआउँदा रोग नियन्त्रणमा कठिनाइ भएको उनले बताए । शाक्यका अनुसार ५ वर्षमुनिका बालबालिका र दीर्घ रोगका बिरामीमा कडाखालको संक्रमण पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?