पृथ्वीनारायण शाहको आज २९६औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, २७ पुस । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९६औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ जन्मजयन्तीका अवसरमा सिंहदरबारको पश्चिम ढोका अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण लगायतका कार्यक्रम गरिँदै छ राप्रपा लगायतका दलहरुले पनि पृथ्वी जयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दैछन् १७ सय ७९ साल पुस २७ गते गोर्खामा जन्मेका शाहले आफ्नो शासनकालमा स–साना राज्यलाई जोडेर सिंगो नेपाल निर्माणको थालनी गरेका थिए । यही योगदानलाई कदर गर्दै हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस समेत मनाइने गरिन्छ त्यस्तै, यस पटकदेखि सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पुनः सार्वजनिक विदा दिन सुरु गरेको छ । नेपाललाई अहिलेको अवस्थामा ल्याउन पृथ्वीनारायण शाहले महत्वपूर्ण भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?