काठमाडौं।भ्रष्टाचारविरोधी अभियानका अगुवा ज्ञानेन्द्र शाहीमाथि ज्यान मार्ने उद्देश्यले चितवनमा भएको आक्रमणलगत्तै सत्ताधारी दलका नेता कार्यकर्ताले तनहुँ जिल्लाका ऋषिङ्ग गाउँपालिकाको भवन शिलान्यासका लागि त्यसतर्फ जाँदै गरेका कांग्रेस नेता मीनेन्द्र रिजालमाथि आक्रमण प्रयास भयो।
केही दिनअघि पत्रकार सम्मेलन गरिरहेकै बेला सत्तासीन दलका कार्यकर्ताले शाहीलाई आक्रमण गरेका थिए। त्यति बेला आक्रमणकारीविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले कारबाही गरेको छैन।
चितवनमा भएको आक्रमणमा शाही चढेको गाडीको चारैतिरबाट आक्रमणकारीले भाला, रड, ढुंगा, लाठी प्रयोग गरी ज्यानै मार्ने कोसिस गरिरहेको भिडियोमा स्पष्ट देखिन्छ। मरणासन्न अवस्थामा पुगेका शाही अहिले अस्पताल भर्ना भएर उपचार गराइरहेका छन्।
चितवनमा नेपालमा न्याय नपाए नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने उद्घोष गरेका पूर्वमाओवादी लडाकु लेलिन विष्टमाथि पनि आक्रमण भएको थियो।
संविधानले शान्तिपूणरूपमा आफ्नो विचार राख्न पाउने व्यवस्था गरेको छ। साथै शान्तिपूर्णरूपमा कुनै पनि कार्यक्रम सञ्चालन गर्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ।
चितवन घटनालगत्तै विष्ट र ज्ञानेन्द्र शाहीको सुरक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग पुगेका भ्रटाचार विरोधी अभियान्ता डा। सुरेन्द्र भण्डारीले भने– ‘यस्तो अराजकताले कानुनी राज सकिने र गुण्डाराज स्थापना हुने भएकाले मानवअधिकार आयोगलाई गम्भीर हुन आग्रह गरेका छौं।
आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–सरकारले मुलुकमा अराजकता बढ्न सक्ने खतरालाई बेलैमा निमिट्यान्न नपारे गृहयुद्ध जस्तो कल्पनै नगरेको स्थिति उत्पन्न हुन बेर लाग्दैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया