गिजोलियो प्रदेश राजधानीको मुद्दा

काठमाडौँ, २४ पुस — सरकारले प्रदेशको अस्थायी मुकाम तोक्नैपर्ने संवैधानिक दायित्व समयमै पूरा नगर्दा प्रदेश राजधानीको मुद्दा गिजोलिएको छ । प्रदेश राजधानी माग राख्दै विभिन्न जिल्लामा आन्दोलन चर्किन थालेका छन् राजनीतिक दलका शक्तिशाली नेता, प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि र अन्य सरोकारवालाले आआफ्नो अनुकूलमा पार्ने ‘लबिइङ’ तीव्र पारेपछि प्रदेश राजधानीको मुद्दा गिजोलिएको हो । आन्दोलनहरू चर्किंदै जान थालेपछि सरकारले भने प्रदेशको अस्थायी राजधानी नभनी ‘प्रदेशसभा सदस्यको शपथ र बैठकका लागि अस्थायी स्थान’ तोक्ने विकल्प अघि सारेको छ संविधानले प्रदेशसभाको दुई तिहाइले प्रदेश राजधानीको टुंगो नगर्दासम्म सरकारले तोकेको मुकामबाट कार्य सञ्चालन हुने व्यवस्था गरेको छ । तर, राजनीतिक खिचातानी बढ्दै गर्दा सरकारका वरिष्ठ अधिकारीहरूले प्रदेशको मुकाम नै नतोक्ने विकल्प अघि सारेपछि झनै अन्योल बढेको छ, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?