अज्ञात समूहको गोलीबाट घाइते भएका फर्निचर व्यवसायी पौडेलको निधन

बुटवल, २१ पुस । रुपन्देहीको देवदह नगरपालिका भेकावारमा फर्निचर व्यवसायी बसन्त पौडेल बलुको मृत्यु भएको हो पौडलको टाउकोमा गोली लागि घाइते भएका थिए उनको उपचारका क्रममा मृत्यु भएको थियो अज्ञात समूहको गोली प्रहारबाट घाइते पौडेलको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ । कसले र केका गोली हान्यो भन्ने अहिले सम्म खुल्न नसकेको र अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ कालो होन्डा मोटरसाइकलमा आएका अज्ञात समूहले करिब ११ बजे पौडेलमाथि गोली प्रहार गरेका थिए त्यस्तै, बुटवलमा केही समयअघि अज्ञात समूहकै गोली लागेर युवा संघका अध्यक्ष दुर्गा तिवारीको समेत हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?