काठमाडौँ, १५ पुस- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिन देशी विदेशी शक्तिहरुले अन्तिम प्रयास गरिरहेको बताएका छन् नेपाल पर्वतारोहण संघको दशौँ साधरणसभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न बहानामा आफूलाई प्रम बन्न नदिने षड्यन्त्र भइरहेको बताएका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ ‘कुनै कारणबिना सरकार बनाउन विलम्व गर्ने किन ? कुनै हालतमा केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिने प्रयास भइरहेको छ’, उनले भने, ‘अहिले भारतले नाकाबन्दी लगायो भन्ने ? नाकाबन्दीविरुद्ध उभिने ? रेल ल्याउँछु भन्ने ? भन्दै केही मानिस सरकार बनाउने बाटोमा तगारो हाल्दैछन् ।’उनले आफूलाई प्रधानमन्त्री बन्न नदिनैका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि विभिन्न बहाना बनाएर सत्ता ओगटिरहेको बताए । ‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री बन्न नदिन देशी विदेशी खेल भइरहेको छ’, ओलीले भने, ‘यी कुनै पनि प्रयास काम लाग्ने छैनन् । एमाले–माओवादी केन्द्रसमेतको चुनावी तालमेलबाट सरकार बन्छ । सुशासन कायम हुन्छ, आर्थिक समृद्धि आउँछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?












प्रतिक्रिया