समानुपातिक सिट बाँडफाँड, कुन पार्टीले कति सिट पाए ?

काठमाडौं, ७ पुस – निर्वाचन सम्पन्न भएको तीन हप्तापछि निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक निर्वाचनतर्फ दलहरुले प्राप्त गरेको मतअनुसार सिट बाँडफाँड गरेको छ । निर्वाचन आयोगका अनुसार एमाले ७५, कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५, संघीय फोरम १३, राजपा १२ सिट पाएका छन् । निर्वाचन आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले समानुपातिक निर्वाचन प्रणालीतर्फ १ देखि ७ नम्बर प्रदेशसम्म दलहरूले प्राप्त गरेका सिट सङ्ख्याको टुङ्गो लागेको बताए । प्रदेशसभामा डेढ प्रतिशत मतसीमा (थ्रेसहोल्ड) भन्दा बढी मत प्राप्त गर्ने दलले मात्रै सिट सङ्ख्या पाएका हुन् । कुन प्रदेशमा कति सिट ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?