छोरा प्रकाशलाई सम्झिँदै प्रचण्डले भने–उसको योगदानबाट सबैले पाठ सिक्नुपर्छ

appharu
0
Shares

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले अल्पायुमै निधन भएका छोरा प्रकाशले ३६ वर्षकै उमेरमा सबै अनुभव सङ्गालेको बताउँदै उनका सकारात्मक योगदानबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् ।
स्वर्गीय छोरा प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘प्रकाशले सबै तीतामीठा अनुभव गरे । राजनीतिक समाजसेवा, प्रेम विवाह, परिवार र आधुनिक प्रविधि र सरकार र पार्टी सञ्चालनमा पु¥याएको योगदान अमूल्य छ ।’

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा प्रकाशले गरेको सहयोग अविस्मरणीय रहेको बताउँदै प्रकाशको बाल्यकाल असाध्यै कठिन अवस्थामा बितेको भए पनि पछिल्ला दिनमा परिपक्व भइसकेको स्मरण गरे ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सामान्य काम सबैले गर्ने भन्दै विशेष काम थोरैले मात्र गर्ने र त्यसमध्ये एक प्रकाश भएको बताए ।

नेता नेपालले भने, ‘प्रकाश दाहालको अभावमा प्रचण्डको झण्डै दाहिने हात नै भाँचिएको जस्तो महशुस मैले गरेको छु ।’
पार्टी सञ्चालनदेखि सरकार सञ्चालनमा पनि प्रकाशको अभाव भइरहेको भन्दै नेता नेपालले प्रकाशमा बन्दुक चलाउन मात्रै नभई प्रविधिमा पनि उत्तिकै दक्ष रहेको आफूले पाएको बताए ।

नेपाली काँग्रेस नेता डा प्रकाशशरण महतले पछिल्लो पटक अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा आफूले परराष्ट्रमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्दा प्रकाशसँग सङ्गत गर्ने अवसर पाएको स्मरण गर्दै उनी कुशल व्यवस्थापक भएको उल्लेख गरे ।

खानेपानीमन्त्री तथा प्रकाश पत्नी बीना मगरको सभापत्विमा सम्पन्न कार्यक्रममा राजपाका नेता महेन्द्रराय यादव र शहरी विकासमन्त्री इस्तियाक मोहम्मद राईलगायतले पनि प्रकाशले राजनीतिक, सामाजिक एवम् पर्वतीय पर्यटनमा पु¥याएको योगदानको चर्चा गर्दै उनको अल्पायुमै भएको निधनले देशलाई अपुरणीय क्षति भएको बताएका थिए ।

सो अवसरमा पर्वतीय पर्यटन प्रवद्र्धनमा विशेष योगदान गरेको भन्दै ‘प्रकाश दाहाल स्मृति प्रतिष्ठान’ले एक विदेशीसहित चार पर्वतारोहीलाई सम्मान गरेको थियो ।

जसअनुसार सगरमाथा ओरोही तथा सम्पर्क अधिकृतका रुपमा कार्यरत ज्ञानेन्द्रकुमार श्रेष्ठ, आइसफल डा आङ सार्की शेर्पा, पर्वतारोही छिरिङ तुन्डु शेर्पा, साहसिक महिला आरोही माया शेर्पालाई ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान–२०७६’ बाट सम्मानित गरियो ।
उनीहरुलाई प्रचण्डले सम्मान गरे ।
सोही अवसरमा प्रचण्डले नेपाललाई विगत ३४ वर्षदेखि सहयोग गर्दै आका पर्वतारोही दक्षिण कोरियाका नागरिक अम हङ गिललाई पनि सम्मान गरे ।

सगरमाथा ओराहीलाई सम्पर्क अधिकृतका रुपमा कार्यरत श्रेष्ठ, महिलालाई सगरमाथा ओरोहणका लागि प्रेरित गर्ने माया, आरोहीलाई बाटो बनाई सहयोग गर्ने आइसफल डा आङ सार्की, पर्वतारोही छिरिङ र कोरियन नागरिक गिलको योगदानको बारेमा समेटिएको श्रव्यदृश्य सामग्रीसमेत कार्यक्रममा देखाइएको थियो ।
यस्तै सो अवसरमा अर्बुद रोगबाट पीडित पूर्वजनमुक्ति सेना धर्मबहादुर ओली र १३ वर्षीय बालिका पल्लवी श्रेष्ठलाई पनि जनही एक–एक लाख नगद सहयोग प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?