समानुपातिक उम्मेदवार महिला भन्छन् ‘प्रत्यक्षमा दाबी ग¥यौं, समानुपातिकमा थन्क्याइयो’

सुर्खेत, २८ कात्तिक । जिल्लादेखि केन्द्रीयस्तरसम्म राजनीतिमा सक्रिय सहभागितामा रहेकी नेकपा (माओवादी केन्द्र) की सीता नेपालीको प्रत्यक्षतर्फ चुनाव लड्ने चाहना थियो सोही चाहनाअनुरूप उनले प्रत्यक्षबाटै प्रदेशसभाको चुनाव लड्नको लागि दाबी गरेपनि अन्ततः उनलाई समानुपातिकमा लगेर थन्क्याइयो । कारण थियो वाम गठबन्धनका कारण सिटको भागबण्डा नमिल्नु ‘प्रत्यक्षबाटै चुनावमा लड्ने क्षमता भए पनि गठबन्धनका कारण भागबण्डा नपुगेर समानुपातिकमा पार्टीले उठाएको छ’’ नेपालीले भनिन्, ‘भागबण्डा परेका सिटमा पनि महिलालाई दिइएन ।’वि.सं २०४६ देखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेकी नेपाली पार्टीमा जिल्ला सदस्य, एरिया सेक्रेटरी, महिला संगठनको विभिन्न संगठनमा आबद्ध रहनुका साथै दलको सचेतक र पोलिटब्यूरो सदस्यसमेत भएर सक्रियरूपमा काम गरेकी छन् त्यसैगरी २०७० सालको दोस्रो संविधानसभामा उनी समानुपातिकबाट उम्मेदवार थिइन् नेकपा (एमाले)की पद्मा खड्का पनि पार्टीको समानुपातिकबाट उम्मेदवार बनेकी छन् । ‘प्रत्यक्षमा लड्ने चाहना थियो तर समानुपातिकमा उठाए’ उनी भन्छिन्, ‘अझै पनि पुरुष नेतृत्वले हामीमाथि विश्वास गर्दैन ।’पच्चिस वर्षदेखि विद्यार्थी संगठनबाट राजनीतिक यात्रा शुरु गरेकी उनी विभिन्न कमिटीमा आबद्ध हुनुका साथै जिल्ला कमिटीको साथै अखिल नेपाल महिला संघमा पनि नेतृत्व सम्हाल्दै आएकी छन् । जिल्लामा आफूभन्दा अगाडिका केन्द्रीयस्तरका नेतृत्व सम्हालेका पुरुष भएका कारण पनि महिलालाई प्रत्यक्षतर्फ जाने आँट नभएको उनी बताउँछिन् एकातिर महिलामा आँट नहुनु र अर्काेतर्फ पुरुष नेतृत्वले पनि विश्वास नगरेका कारण पनि सुर्खेतमा प्रत्यक्षतर्फ महिला उम्मेदवार आउन नसकेको देखिन्छ । त्यसैगरी समानुपातिकमा सहजै सिट सुरक्षित देखेर पनि कतिपय महिला उम्मेदवार समानुपातिक मै आकर्षित देखिन्छन् आफूभन्दा अग्रज पुरुषको नेतृत्व भएका कारण प्रत्यक्षमा भन्दा समानुपातिकतर्फ नै आफ्नो चाहना भएको नेपाली काँग्रेस समानुपातिककी उम्मेदवार पार्वती धौलाकोटीले बताइन् । ‘प्रत्यक्षतर्फ उठ्नलाई पार्टीमा ठूलो योगदान दिनुपर्छ र केन्द्रसम्मको पहुँच हुनुपर्छ’ उनले भनिन्, ‘पार्टीमा तपाईंहरू समानुपातिकमा उठ्नुहोस् र प्रत्यक्षतर्फ अरुले नै नेतृत्व गर्नुहुन्छ भनेपछि हामीले पनि स्वीकार ग¥यौँ ।’सुर्खेतमा प्रदेश र प्रतिनिधिसभाका छ सिटका लागि ५९ जनाको मनोनयन दर्ता भएको छ तर प्रदेश र प्रतिनिधिसभाका लागि वाम गठबन्धन र नेपाली काँगे्रसबाट एकजना पनि महिला उम्मेदवार परेका छैनन् राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी र विवेकशील साझा पार्टीले भने महिला उम्मेदवार पनि उठाएका छन् । साना दलबाट जिल्लामा चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फ दुई÷दुईजना महिलाको उम्मेदवारी परेको छ समानुपातिकतर्फ जिल्लामा १६ सिटका लागि विभिन्न दलले ५० प्रतिशत महिला उम्मेदवार बनाएका छन् । सुर्खेतसँगै प्रदेश नम्बर ६ का १० जिल्लामा प्रत्यक्षतर्फ महिला उम्मेदवार छैनन् वाम गठबन्धनका कारण सिटको भागबण्डा नमिल्नु, राजनीतिमा सक्रिय महिला नहुनुका साथै कतिपय अवस्थामा महिला आफैँले आँट नगर्नु र आँट गरे पनि पुरुष नेतृत्वले विश्वास नलिनुका कारण प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी छैन् यता दलहरूबाट पनि समानुपातिकतर्फ नै महिलालाई विशेष जोड दिइएको भनाइ आएको छ । नेपाली काँग्रेसका जिल्लासभापति एवं प्रदेशसभातर्फ क्षेत्र नम्बर २ ‘क’का उम्मेदवार कमलराज रेग्मीले प्रत्यक्षतर्फ भन्दा पनि समानुपातिकतर्फ नै महिला नेतृको चाहाना देखिएको बताए । रेग्मी भन्छन्, ‘राजनीतिमा नै महिला कम छन् र भएका पनि समानुपातिकमै आकर्षित देखिए ।’महिला समानुपातिकतर्फ आकर्षित भएका कारण नै समानुपातिकबाटै उम्मेदवारी दिन लगाएको एमालेका जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार धु्रवकुमार शाही बताछन् । ‘शीर्ष तथा क्षमता भएका नेतालाई पालो दिनुप¥यो’ उनी भन्छन् यता नेकपा (माओवादीका केन्द्र) का कृष्ण जिसीले पार्टीले सहजीकरण नगरेका कारण महिलाले प्रत्यक्षबाट उम्मेदवार बन्न नपाएको बताए । ‘पार्टी कमिटी नै महिलालाई अगाडि बढाउन नचाहेको देखिन्छ’ उनी भन्छन्, ‘सिनियर र क्षमता भएका महिला नेतृत्व समानुपातिकमै बस्न मन गरे तर जुनिएरलाई पार्टीले अगाडि बढाउन खोजेन ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?