निर्वाचनअघि किन नहुने भयो एमाले- माओवादीबीच पार्टी एकता ?

 काठमाडौँ, २६ कात्तिक- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पार्टी एकता गर्ने भएका छन् पार्टी एकताको विषयलाई लिएर अनेकन टिप्पणी भएपछि दुई पार्टीले एकता प्रक्रिया अगाडि बढेको र हाल चुनावी अभियानमा दुवै दलका शीर्ष नेता केन्द्रित हुनुपर्ने भएकाले चुनाव पछि नै सबै प्रक्रियालाई एकमुष्ट टुंगो लगाइने बताएका हुन् पार्टी एकताको लक्ष्यसहित निर्वाचनमा गठबन्धन गरेका दुई प्रमुख कम्युनिष्ट पार्टीले पार्टी एकता संयोजन समिति गठन गरेका छन् । सो समितिमा दुवै पार्टीका शीर्ष नेता सहभागी छन् पार्टी एकता राष्ट्रिय आवश्यकता भएको भन्दै दुवै पार्टीले गलत अपवाह फैलाउने लक्ष्यका साथ विरोधीले समयसीमा बारे अनावश्यक टिप्पणी गरेको बताएका हुन् एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका विषयमा कुनै पनि असहमति नभएपनि समयचापका कारण निर्वाचन पछि नै उपयुक्त हुने बताए “एकता प्रक्रियाको खाका तयार भएको छ, एकैपार्टी जसरी नै निर्वाचन अभियानमा केन्द्रित छौँ । अहिलेको आवश्यकता बढीभन्दा बढी स्थानमा वामगठबन्धनलाई विजयी गराउने तर्फ केन्द्रित छौँ । चुनाव लगत्तै एकता प्रक्रियाले सार्थक निष्कर्ष पाउँछ”–महासचिव पोखरेलले भने उता माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एकताबाट आत्तिएका केही विरोधी तत्वले एकताको विषयमा अनावश्यक भ्रम छरेको बताइन् । एकता प्रक्रियालाई अगाडि बढाउने विषयमा शीर्ष नेतृत्व तहमा सहमति भइसकेको, एकता संयोजन समितिले काम गरिरहेको जानकारी दिँदै उनले केही सैद्धान्तिक विषयमा समान धारणा बनाउन छलफल आवश्यक रहेको उल्लेख गरिन् पार्टी एकता हुँदैन कि भनेर नेता तथा कार्यकर्ता भ्रमित हुनु जरुरी नभएकोमा जोड दिँदै प्रवक्ता भुसालले भनिन् , “अरु कुनै कारणले होइन, हाल निर्वाचन अभियान नै प्रमुख कार्यभार हो । यो प्रक्रिया सम्पन्न भएपछि एकता प्रक्रियाले गति लिन्छ ।”कम्युनिष्ट शक्ति मिल्न सक्दैन र मिलेपनि एकै ठाउँमा बस्न सक्दैनन् र आगामी मंसिर १० गतेपछि सो प्रक्रियाले गति लिदैन भन्ने ध्येयका साथ गलत प्रचार भएकोमा दुवै पार्टीका शीर्ष नेता सहमत छन् । आजै, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एकता प्रक्रियाका विषयमा छलफल भएको थियो अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सनाकाअनुसार समयचापका कारण निर्वाचन पछि एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने सहमति भएको र सोही आधारमा निर्वाचन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए यसैबीच, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले यही कात्तिक २९ गतेदेखि पहिलो चरणमा निर्वाचन हुने हिमाली जिल्लाका विभिन्न आमसभालाई सम्बोधन गर्ने भएका छन् कार्यक्रमअनुसार कात्तिक २९ गते गोरखाको घैरुङमा दुवै शीर्षनेताको उपस्थितिमा आमसभा राखिएको छ । यस्तै, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, लम्जुङ, स्याङजामा समेत दुवै शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?