काठमाडौं । कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुधारका लागि उक्त रकम सहयोग गरेको हो ।
बैंकका अनुसार सहयोग रकम हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा र उपकरण व्यवस्थापनमा प्रयोग गरिनेछ ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट आर्थिक रूपमा कमजोर बालबालिका उपचारका लागि आउने गरेका छन् । बिरामीको संख्या बढ्दै गएको र सघन उपचार सेवाको आवश्यकता पनि बढेकाले बैंकले सहयोग गरेको जनाएको छ ।
यस सहयोगबाट बालबालिकाको उपचार सेवा थप प्रभावकारी बनाउन र स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया