काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट क्षमताको रूफटप सोलार प्लान्ट सञ्चालनमा आएको छ ।
प्लान्टको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ र प्राइम रिन्युएबल्सका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
सम्झौता भएको तीन महिनामै निर्माण सम्पन्न भएको प्लान्टबाट वर्षमा करिब १ लाख ४० हजार युनिट स्वच्छ विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । प्लान्टमा एआईमा आधारित हरित ऊर्जा प्रविधिको प्रयोग गरिएको छ ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेका बेला ईभीको चार्जिङदेखि सर्भिसिङसम्म स्वच्छ ऊर्जा प्रयोग गर्ने उद्देश्यले परियोजना सञ्चालनमा कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सोलार प्लान्टबाट उत्पादन हुने स्वच्छ ऊर्जाले कार्बन उत्सर्जन घटाउन सहयोग गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया