डोङफेङका दुई विद्युतीय बस नाइमा अटो एक्स्पोमा सार्वजनिक हुने

लोकपथ
14
Shares

काठमाडौं । चीनको अटोमोबाइल निर्माता कम्पनी डोङफेङका दुई विद्युतीय बस नेपाली बजारमा सार्वजनिक हुने भएका छन् ।

हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा अटो एक्स्पोमा डोङफेङका दुई बस मोडल सार्वजनिक गर्न लागेको हो ।

कम्पनीका अनुसार डोङफेङ चीनको सरकारी स्वामित्वमा रहेको ठूलो अटोमोबाइल कम्पनी हो ।

सन् १९६९ मा स्थापना भएको यस कम्पनीले बस, ट्रक, कार, विद्युतीय सवारी र विभिन्न अटो पार्ट्स उत्पादन गर्दै आएको छ । डोङफेङका सवारीसाधन विश्वका १०० भन्दा बढी देशमा बिक्री हुँदै आएका छन् । नेपालमा पनि यस ब्रान्डका ट्रक, कार र माइक्रोबस बिक्री हुँदै आएका छन् ।

नेपालमा विद्युतीय सार्वजनिक यातायातको माग बढ्दै गएको र सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गरिरहेको अवस्थामा डोङफेङका विद्युतीय बस ल्याउन लागिएको आयाम इन्टरकन्टिनेन्टलले जनाएको छ ।

एक्स्पोमा ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका दुई बस सार्वजनिक गरिनेछन् । कम्पनीले निकट भविष्यमा ९ मिटर र १२ मिटर लम्बाइका ३८ र ५२ सिट क्षमताका बस पनि नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।

बसको मूल्य र विस्तृत प्राविधिक जानकारी एक्स्पोमै सार्वजनिक गरिनेछ । कम्पनीले नेपाली बजारमा उपलब्ध समान श्रेणीका बसको तुलनामा प्रतिस्पर्धी मूल्यमा बस बिक्री गर्ने जनाएको छ । एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकलाई विशेष छुटसमेत दिइनेछ ।

बसको बिक्रीपछिको सेवा र स्पेयर पार्ट्स देशका विभिन्न सहरमा रहेका हिमालयन अर्गनाइजेशनका शाखा तथा डिलरमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?