खल्तीबाट भुक्तानी गर्नेले दैनिक १ लाख र पाक्षिक १० लाखसम्म जित्न सक्ने

लोकपथ
0
Shares

काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्तालाई सहभागी गराउने भएको छ ।

कार्यक्रमअन्तर्गत खल्तीबाट १०० भन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः उपहार कार्यक्रममा सहभागी हुनेछन् ।

कार्यक्रममा हरेक दिन एक जना विजेताले कर कट्टीपछि १ लाख र प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख प्राप्त गर्नेछन् ।

खल्तीबाट भएको योग्य कारोबारको विवरण स्वचालित रूपमा आन्तरिक राजस्व विभागको सुरक्षित प्रणालीमा पठाइनेछ । त्यसपछि उपहार कुपन पनि स्वतः सिर्जना हुनेछ । प्रयोगकर्ताले आफ्नो कुपन खल्ती एपमार्फत हेर्न सक्नेछन् ।

विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीबाट विजेता छनोट गर्नेछ । विजेतालाई मोबाइल फोन र इमेलमार्फत जानकारी गराइनेछ । खल्तीबाट सहभागी भएका विजेतालाई खल्तीले पनि विभिन्न माध्यमबाट जानकारी दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?