यामाहा नेपालका साझेदार पाँचदिने थाइल्याण्ड भ्रमणपछि स्वदेश फर्किए

लोकपथ
0
Shares

काठमाडौं । यामाहा नेपालका साझेदार र कम्पनीको टोली पाँचदिने थाइल्याण्ड भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । उनीहरू ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर पार्टनर्स मिट २०२६’ कार्यक्रममा सहभागी हुन जुलाई २७ देखि ३१ सम्म थाइल्याण्ड गएका थिए ।

कार्यक्रममा पटायादेखि बैंककसम्म भ्रमण गरिनुका साथै साझेदार सम्मेलन, नेटवर्किङ र विभिन्न गतिविधि सञ्चालन गरिएको थियो । यसको उद्देश्य साझेदारबीच सम्बन्ध अझ बलियो बनाउनु र सफलताको खुसी साटासाट गर्नु थियो ।

दोस्रो दिन आयोजित यामाहा नेपाल पार्टनर्स मिट र नेटवर्किङ कार्यक्रममा कम्पनीले आफ्ना योजनाबारे जानकारी दिएको थियो । त्यसपछि भएको गाला डिनरमा गत वर्ष उत्कृष्ट काम गर्ने डिलरहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।

यस क्रममा विराटचोकस्थित बी एण्ड बी अटो ट्रेडर्स प्रालिले ‘बेस्ट सोसल मिडिया प्रेजेन्स अवार्ड’ जित्यो । साथै, देशका विभिन्न स्थानका उत्कृष्ट डिलरहरूलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै यामाहा मोटर इण्डिया ग्रुपका अध्यक्ष हाजिमे अओटाले नेपाल यामाहाका लागि निकै महत्त्वपूर्ण बजार भएको बताए । उनले नेपालमा इलेक्ट्रिक सवारीसाधनको बढ्दो प्रयोगको प्रशंसा गर्दै भारतबाहिर पहिलो पटक यामाहाको ‘ई–जिरो’ सिरिजको इलेक्ट्रिक मोटरसाइकल नेपालमा सार्वजनिक गरिने जानकारी दिए ।

त्यस्तै, एमएडब्लू राइड्स प्रालिका अध्यक्ष विष्णुकुमार अग्रवालले सबै यामाहा डिलरहरूको मेहनत र सहयोगका लागि धन्यवाद दिए ।

उनले यस वर्ष कम्पनीले तय गरेको लक्ष्यभन्दा राम्रो सफलता हासिल गरेकाले त्यसको खुसी साट्न थाइल्याण्ड भ्रमण आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?