प्रिमियम इलेक्ट्रिक पिकअप एमजी यू९ ईभी नेपाली बजारमा, नाइमा अटो शोबाट सार्वजनिक हुँदै

लोकपथ
0
Shares

काठमाडौं । एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ प्रिमियम इलेक्ट्रिक पिकअप एमजी यू९ ईभी सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो शो २०२६ मा पहिलो पटक एमजी यू९ ईभी प्रदर्शन गर्ने जनाएको छ ।

अटो शोमा आगन्तुकहरूले गाडीको डिजाइन, प्रविधि र विशेष फिचरहरू प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् ।

एमजी यू९ नेपाली बजारमा लग्जरी र फ्ल्यागसिप गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । मस्कुलर डिजाइन, आकर्षक एलईडी हेडलाइट र ठूलो बडीका कारण यो पिकअपले प्रिमियम वर्गका ग्राहकलाई लक्षित गर्ने कम्पनीको विश्वास छ ।

३,३०० एमएम ह्विलबेस भएको एमजी यू९ मा फराकिलो क्याबिन, ६८५ केजी पेलोड क्षमता र ३।५ टनसम्म टोइङ क्षमता उपलब्ध छ ।

पर्फर्मेन्सका लागि यसमा ड्युअल मोटर सेटअप जडान गरिएको छ, जसले ३२५ किलोवाट पावर र ७०० एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार यो पिकअपले ५.८ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा छ ।

नेपालका विविध सडक अवस्थालाई ध्यानमा राख्दै यसमा एयर सस्पेन्सन, डबल विशबोन फ्रन्ट सस्पेन्सन, मल्टि–लिङ्क रियर सस्पेन्सन तथा नर्मल, इको, स्पोर्ट, स्नो, टो, अफ–रोड र कस्टम गरी सातवटा ड्राइभ मोड समावेश गरिएको छ ।

एमजी यू९ मा १०२.२ किलोवाट–आवर एलएफपी ब्याट्री जडान गरिएको छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार ४३० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । डिसी फास्ट चार्जिङमार्फत ४२ मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ ।

कम्फर्ट र प्रविधिका हिसाबले पनि एमजी यू९ निकै सुविधासम्पन्न छ । यसमा १२.३ इन्चको टचस्क्रिन, १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, जेबीएलको ८ स्पिकर अडियो सिस्टम, लेदर सिट तथा ६४ रङको एम्बियन्ट लाइटिङ उपलब्ध छ । फ्ल्यागसिप भेरियन्टमा भेन्टिलेसन, मसाज र मेमोरी फङ्सनसहितको इलेक्ट्रिक ड्राइभर सिटसमेत दिइनेछ ।

सुरक्षातर्फ अटोनोमस इमर्जेन्सी ब्रेकिङ, एडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन, ३६० डिग्री क्यामेरा तथा अगाडि–पछाडिका पार्किङ सेन्सरजस्ता आधुनिक सुरक्षा प्रणाली समावेश गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?