आईसीसी बैंकिङ अवार्ड-२०२६ : नबिल र शाइन रेसुङ्गा सम्मानित

लोकपथ
14
Shares

काठमाडौं । नबिल बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ मा महत्वपूर्ण सफलता हासिल गरेका छन् ।

भारतको नयाँदिल्लीमा आयोजित कार्यक्रममा नबिल बैंकले वाणिज्य बैंकतर्फ बेस्ट बैंक अवार्ड जितेको हो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विकास बैंकतर्फ बेस्ट डेभलपमेन्ट बैंक, बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी र बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन वटा अवार्ड प्राप्त गरेको छ ।

यो उपलब्धिलाई नेपालको बैंकिङ क्षेत्रका लागि अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण सम्मानका रूपमा हेरिएको छ ।

विशेषगरी शाइन रेसुङ्गाले तीन विधामा अवार्ड जित्नु सुशासन, राम्रो वित्तीय व्यवस्थापन, नाफा कमाउने क्षमता र दिगो विकासको संकेत मानिएको छ ।

अवार्डका लागि नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धा भएको थियो । सहभागी संस्थाहरूको वित्तीय अवस्था, सुशासन, व्यवसाय विस्तार, नाफा, नवप्रवर्तन, ग्राहक सेवा र समग्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?