नयाँ ईभी किन्नुअघि नाइमा एक्स्पो हेर्नुहोस्, आउँदै छन् नयाँ ब्रान्ड र मोडल

लोकपथ
56
Shares

काठमाडौं । विभिन्न अटोमोबाइल कम्पनीले नेपाली बजारमा चार नयाँ विद्युतीय (ईभी) गाडी सार्वजनिक गर्ने भएका छन् ।

यी गाडी आगामी साउन २६ देखि ३१ गतेसम्म हुने ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ मा सार्वजनिक गरिनेछ ।

कम्पनीहरूले ३० देखि ४० लाख रुपैयाँ मूल्य समूहका ग्राहकलाई लक्षित गरेर नयाँ मोडल ल्याउन लागेका हुन् ।

कम्पनीका अनुसार अधिकांश नयाँ गाडीमा ३०० किलोमिटरभन्दा बढी रेन्ज, आधुनिक सुरक्षा सुविधा र आकर्षक डिजाइन हुनेछ ।

लक्ष्मी ई–मोबिलिटीले आर्कफक्स टी–१ सार्वजनिक गर्ने तयारी गरेको छ। यसमा ४२.४ किलोवाट–आवर ब्याट्री र ७० किलोवाट मोटर रहनेछ ।

पायोनियर मोटोकर्पले चेरी क्यूक्यू ३ नेपाली बजारमा ल्याउँदैछ । यसमा ४१.२ किलोवाट–आवर ब्याट्री, ९० किलोवाट मोटर र लेभल–२ एडास सुरक्षा प्रणाली रहने कम्पनीले जनाएको छ ।

यस्तै, साङ्ग्रिला मोटर्स ले लिपमोटर बी०३ सार्वजनिक गर्ने भएको छ । यो गाडी ३९.८ र ५३ किलोवाट–आवर ब्याट्रीका दुई विकल्पमा उपलब्ध हुनेछ ।

त्यसैगरी, वुलिङ बिंगो पनि लाइटर प्रो संस्करणसहित नेपाली बजारमा पुनः आउने तयारीमा छ । यसमा ३१.९ र ३७.९ किलोवाट–आवर ब्याट्री तथा ५० किलोवाट मोटर हुनेछ ।

हाल ३० देखि ४० लाख रुपैयाँ मूल्य समूहमा बीवाईडी एट्टो १, टाटा पन्च ईभी, नामी बक्स र प्रोटोन ईमास ५ जस्ता ईभी बिक्री भइरहेका छन् । नयाँ मोडल थपिएपछि यस वर्गमा प्रतिस्पर्धा बढ्ने र ग्राहकले थप विकल्प पाउने अपेक्षा गरिएको छ ।

नेपालमा पछिल्ला केही वर्षदेखि विद्युतीय सवारीको माग बढ्दै गएको छ । त्यसैले अटोमोबाइल कम्पनीहरूले नयाँ–नयाँ ईभी बजारमा ल्याइरहेका छन् । यसपटकको नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ लाई पनि नयाँ ईभी सार्वजनिक गर्ने प्रमुख अवसरका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?