काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट काम गर्ने बीमा अभिकर्तालाई सम्मान गरेको छ ।
काठमाडौंको होटल याक एन्ड यतीमा आयोजित ‘व्यवसाय उत्कृष्टता सम्मान समारोह २०२६’ मा ३५० भन्दा बढी बीमा अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने, धेरै बीमालेख जारी गर्ने तथा विभिन्न क्षेत्रमा राम्रो योगदान पुर्याउने अभिकर्तालाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । यस्ता कार्यक्रमले बीमा अभिकर्तालाई थप उत्साहित बनाउने र उनीहरूको क्षमता विकासमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
कार्यक्रममा आइएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका अध्यक्ष डा। रामहरि अर्याल, सञ्चालक, उच्च व्यवस्थापनका अधिकारी तथा अन्य पदाधिकारीको उपस्थिति थियो ।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बीमा अभिकर्ताको मेहनत र प्रविधिको प्रयोगले कम्पनीको प्रगतिमा ठूलो योगदान दिएको बताए । उनले आगामी दिनमा पनि प्रविधिमैत्री सेवा विस्तार गरी अभिकर्तालाई अझ राम्रो सहयोग गरिने जानकारी दिए ।
आइएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकालले कम्पनीले पछिल्ला आठ वर्षमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रविधिमैत्री सेवा विस्तारलाई निरन्तरता दिइने बताए ।
अध्यक्ष डा। रामहरि अर्यालले बीमा अभिकर्ता केवल बीमा बिक्री गर्ने व्यक्ति नभई योग्य बीमा परामर्शदाता बन्नुपर्ने बताए । त्यसका लागि कम्पनीले नियमित तालिम र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको सफलतामा बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण रहेको बताए । उनले आगामी दिनमा अभिकर्तामैत्री योजना, सेवा सुधार र डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया