काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।
बनादेवी बोहराका श्रीमानको दुःखद् दुर्घटनाजन्य निधनपश्चात परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गौमुल शाखाले १० लाख रुपैयाँ बराबरको दाबी रकम हस्तान्तरण गरेको हो । उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास बैंकले लिएको छ ।
कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनाहरूसँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । परिवार सुरक्षा बचत खाताअन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यअनुरूप सञ्चालन गरिएका यस्ता सुविधाहरूले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा निजका परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया