काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मार्फत नेपालपे कार्ड एक्वायरिङ सेवा सुरु गरेको छ । यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्रयोग गर्न सक्ने भएका छन् ।
बैंकका अनुसार अब डिस्कभर नेटवर्कअन्तर्गतको रुपे कार्ड लगायत अन्य अन्तर्राष्ट्रिय कार्ड पनि एनआईसी एशिया बैंकका एटीएम र प्वाइन्ट अफ सेल (पीओएस) मेसिनमा प्रयोग गर्न सकिनेछ ।
नेपालपे नेपालकै राष्ट्रिय कार्ड भुक्तानी प्रणाली हो । यो राष्ट्रिय भुक्तानी स्विचसँग जोडिएको छ । नेपालपे कार्ड नेपालभित्रका एटीएम र पीओएसमा मात्र होइन, डिस्कभर नेटवर्कमार्फत विदेशमा पनि प्रयोग गर्न सकिन्छ ।
हालसम्म नेपालपे कार्ड सेवामा ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । तीमध्ये सात संस्थाले कार्ड जारी गर्न थालेका छन् भने ११ संस्था एक्वायरिङ सेवा विस्तार गर्ने प्रक्रियामा छन् ।
एनआईसी एशिया बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवालाई विस्तार गर्दै ग्राहकलाई अझ सहज र आधुनिक सेवा उपलब्ध गराउने कामलाई प्राथमिकता दिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया