काठमाडौं । एनएमबी बैंकले ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ् साना जलविद्युत आयोजनाका लागि १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।
वन्डर्स इनर्जी प्रालिले निर्माण गरिरहेको उक्त आयोजनाका लागि बैंक र प्रवर्द्धक कम्पनीबीच ऋण सम्झौता भएको हो ।
राजधानीमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा एनएमबी बैंकका सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र वन्डर्स इनर्जी प्रालिका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
आयोजना निर्माणका लागि कुल १ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसमध्ये बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण उपलब्ध गराउनेछ। बाँकी रकममध्ये ३५ करोड रुपैयाँ जुटिसकेको र थप रकम पनि असोजभित्र व्यवस्थापन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
खिम्ती–घ्वाङ् जलविद्युत आयोजना दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ को सीमामा बग्ने खिम्ती (घ्वाङ्) खोलामा निर्माण भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया