नेपाल एसबीआई बैंकलाई चार अन्तर्राष्ट्रिय अवार्ड

लोकपथ
0
Shares

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड (एनएसबीएल) ले अन्तर्राष्ट्रिय स्तरका चार अवार्ड प्राप्त गरेको छ ।

भारतको नयाँदिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६’ मा बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा सम्मान पाएको हो ।

बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खडिवडाले अवार्ड ग्रहण गरेका थिए ।

बैंकले यी अवार्डले साना तथा मझौला उद्यमलाई सहयोग, सम्पत्ति व्यवस्थापन, नाफा वृद्धि र बैंकिङ सेवामा गरेको राम्रो कामको अन्तर्राष्ट्रिय मान्यता भएको जनाएको छ ।

यस अवसरमा बैंकले आफ्ना सेयरधनी, ग्राहक र नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि अझ गुणस्तरीय सेवा प्रदान गर्दै देशको आर्थिक विकासमा योगदान दिने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?