अमेरिका-इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा ठूलो उछाल, बाइ-साइड साइडकार प्रणाली लागू

लोकपथ
0
Shares

काठमाडौं । अमेरिका र इरानबीच मध्यपूर्वमा लामो समयदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने र महत्वपूर्ण हर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने सहमति भएपछि दक्षिण कोरियाको शेयर बजारमा ठूलो वृद्धि भएको छ ।

कारोबार सुरु भएको पहिलो मिनेटमै कोरियाको प्रमुख शेयर सूचक कोस्पी ४०० भन्दा बढी अंकले बढेर करिब ४।९५ प्रतिशतको वृद्धि सहित ८,५२६ अंकको विन्दुमा पुगेको थियो । केही समयपछि पनि बजारमा वृद्धि जारी रह्यो र सूचक करिब ४ प्रतिशतभन्दा बढीले माथि नै रह्यो ।

बजारमा अचानक धेरै शेयर किनबेच बढेपछि कोरिया एक्सचेन्जले बाइ–साइड साइडकार प्रणाली लागू गरेको छ । यस प्रणाली अनुसार कम्प्युटरबाट हुने स्वचालित खरिद आदेशलाई केही समयका लागि रोक्ने गरिन्छ, जसले बजारलाई स्थिर बनाउन मद्दत गर्छ ।

विश्लेषकहरूका अनुसार पाकिस्तानले अमेरिका र इरानबीच सहमति भएको र हर्मुज जलमार्ग पुनः सञ्चालन हुने जानकारी दिएपछि लगानीकर्ताको आत्मविश्वास बढेको हो । यो जलमार्ग विश्वको तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

यस सम्झौताको औपचारिक हस्ताक्षर आउँदो शुक्रबार हुने अपेक्षा गरिएको छ । यसले विश्व ऊर्जा बजारमा लामो समयदेखि रहेको अनिश्चितता घटाउने र विश्वका शेयर बजारमा सकारात्मक असर पार्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?