२४.६ बीएचपी पावरसहितको हिरो एक्सपल्स २१० नेपालमा, मूल्य कति ?

लोकपथ
49
Shares

काठमाडौं । नेपाली युवा राइडरहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेको हिरोको नयाँ एड्भेन्चर मोटरसाइकल एक्सपल्स २१० सिजी मोटर्सले सार्वजनिक गरेको छ ।

कम्पनीले भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित एक कार्यक्रममार्फत नयाँ एक्सपल्स २१० को बिक्री सुरु भएको घोषणा गरेको हो ।

यसअघि नै नेपाल आइपुगेको एक्सपल्स २१० आइतबारदेखि ग्राहकले खरिद गर्न सक्नेछन् । झण्डै १० महिना अघि नेपाल ल्याएर प्रदर्शन गरिएको यो मोटरसाइकल अब औपचारिक रूपमा बिक्रीमा आउन लागेको हो । सिजी मोटर्सले यसलाई नाडा अटो शो २०२५ मै सार्वजनिक प्रदर्शन गरेको थियो ।

के-के छन् विशेषता ?

हिरोको एक्सपल्स २१० मा अघिल्लो मोडल एक्सपल्स २०० को तुलनामा नयाँ र थप विशेषताहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।

मोटरसाइकलमा २१० सीसी सिंगल सिलिन्डर, डीओएचसी, फोर-भल्भ, लिक्विड-कुल्ड इन्जिन दिइएको छ । यसले अधिकतम २४.६ बीएचपी पावर र २०.७ एनएम टर्क उत्पादन गर्छ । उच्च पावर र टर्कका कारण हाइवे क्रुजिङ तथा अफ-रोड राइडिङ थप सहज हुने कम्पनीको दाबी छ ।

यसमा ६-स्पिड गियरबक्स उपलब्ध छ । फ्युल ट्याङ्कको डिजाइनमा परिवर्तन गरिएको छ भने ट्याङ्क एक्स्टेन्सनको प्रयोग गरिएको छ ।

मोटरसाइकलको अगाडि २१ इन्च र पछाडि १८ इन्चका डुअल-पर्पस टायर जडान गरिएको छ । फ्रन्टमा ४३ एमएम फुल्ली एड्जस्टेबल यूएसडी फोर्क तथा रियरमा २०५ एमएम ट्राभल भएको मोनोशक सस्पेन्सन उपलब्ध छ ।

एक्सपल्स २१० मा इन्ड्यूरो स्टाइल टेल सेक्शन, स्विचेबल डुअल-च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर, गियर पोजिसन इन्डिकेटर तथा टर्न–बाइ-टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता सुविधा दिइएको छ ।

त्यसैगरी स्मार्ट कनेक्ट फिचर, गोलाकार एलईडी हेडल्याम्प, विन्डस्क्रिन तथा एलईडी टर्न इन्डिकेटर लगायतका फिचरहरू पनि उपलब्ध छन् ।

नयाँ हिरो एक्सपल्स २१० को नेपाली बजार मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?