विश्वका १७० भन्दा बढी देशमा सफल मानिएको GWM नेपाल आउँदै

लोकपथ
0
Shares

काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि र दिगो गतिशीलताको पर्याय मानिएको ग्रेट वाल मोटर्स (GWM) ले नेपाली बजारमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय SUV सार्वजनिक गर्ने तयारी गरेको छ ।

विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा आफ्नो बलियो उपस्थिति जनाइसकेको कम्पनीले नेपाली विद्युतीय सवारीसाधन बजारलाई थप प्रतिस्पर्धी बनाउन नयाँ मोडेल ल्याउन लागेको हो ।

कम्पनीले हालसम्म उक्त मोडलको आधिकारिक नाम र मूल्य घोषणा नगरे पनि यसका प्रारम्भिक विवरणहरूले नेपाली गाडी पारखीहरू माझ ठूलो उत्सुकता जगाएको छ । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण र पूर्वाधार विस्तार भइरहेका बेला GWM को यो आगामी SUV लाई बजारमा एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

५२० किमी रेन्ज र ‘सेल्फ–हिलिङ’ प्रविधि

यो नयाँ विद्युतीय SUV ले एक पटकको फुल चार्जमा करिब ५२० किलोमिटरसम्मको प्रभावशाली माइलेज दिनेछ । शहरदेखि राजमार्गसम्मको यात्रालाई सहज बनाउन यसमा ४ वटा भेरियन्टमा उपलब्ध हुनेछन् ।

यस नयाँ विद्युतीय SUV मा चालक र यात्रुको सहजताका लागि भविष्यको अनुभव दिलाउने ‘Smart Cockpit’‘Coffee OS 3.0 AI’ सिस्टम जडान गरिएको छ। जसलाई ‘One-Touch Control’ मार्फत सहजै सञ्चालन गर्न सकिन्छ। गाडीमा ड्राइभरका लागि भेन्टिलेसन सुविधासहित ६-तरिकाले विद्युतीय रूपमा मिलाउन सकिने प्रिमियम सिट उपलब्ध हुनेछ ।

यस SUV को अर्को मुख्य आकर्षण यसको बाह्य सतहमा प्रयोग गरिएको बहु-तह सुरक्षात्मक कोटिङ प्रविधि (Coating Technology) हो । बजारमा चर्चा भएअनुसार यस प्रविधिले गाडीमा लाग्ने सानातिना कोतरिएका दागहरू (Scratches) लाई सूर्यको तापबाट स्वाभाविक रूपमा आफैं ठीक (Self-Heal) गर्न सक्ने अद्भुत क्षमता प्रदान गर्दछ। यसले गर्दा गाडीको चमक र प्रिमियम सौन्दर्य लामो समयसम्म कायम रहनेछ ।

आकर्षक डिजाइन, विशिष्ट लाइटिङ सिग्नेचर र आधुनिक प्रविधिको संयोजन रहेको यस आगामी विद्युतीय SUV को औपचारिक घोषणा र थप विवरण निकट भविष्यमै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?