काठमाडौं आइपुगिन् अमेरिकी उपविदेशमन्त्री रोजर्स, बालेन नेतृत्वमा सरकार गठनपछि आएकी हालसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ 

लोकपथ
119
Shares

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स काठमाडौं आइपुगेकी छन् । उनी शनिबार राति नयाँ दिल्लीबाट काठमाडौं आइपुगेकी हुन् । 

अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री रहेकी उनी बालेन्द्र शाहको नेतृत्वमा रास्वपाको सरकार गठनपछि नेपाल आएकी हालसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् ।

उनीभन्दा अघि दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्यएसिया विशेषदूत सर्जियो गोर नेपाल भ्रमणमा आएका थिए ।

अमेरिकी दूतावासले रोजर्सको सम्मानमा आज आइतबार ‘द एसेन्ट समिट’ नाम दिएर विशेष समारोह आयोजना गरेको छ । यस समिटमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ । 

उनले नेपाल भ्रमणका क्रममा राजनीति दलका नेता, मन्त्री तथा कूटनीतिज्ञलाई भेट्ने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?