सरकारले भन्यो– ‘सक्षम नागरिकले सामाजिक सुरक्षा भत्ता छोडौँ’

लोकपथ
189
Shares
फाइल तस्बिर

काठमाडौं । सरकारले आर्थिक रुपमा सम्पन्न नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता छाड्न आग्रह गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक रुपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ताको सुविधा त्याग गर्न आग्रह गरे । साथै आर्थिक रुपमा कमजोर नागरिकलाई त्यसमा जोड्न समेत आग्रह गरेका छन् ।

‘सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ । आर्थिक रुपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वच्छिक रुपमा त्याग्न ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ,’ उनले भने ।

त्यस्तै सरकारले राजनीतिक दलहरुलाई अनुदान दिनेबारे समेत व्यापक छलफल गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?