अर्थमन्त्रीद्वारा बजेटबारे राष्ट्रपतिलाई जानकारी

लोकपथ
0
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् ।

बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।

भेटमा अर्थमन्त्री डा. वाग्लेद्वारा संसद्मा पेस गरिएको आर्थिक सर्वेक्षण २०८२–०८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरे ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोली (जेठ १५ गते शुक्रबार) अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रस्तुत गर्दैछन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?