काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरिएको छ । भारतीय तेल कम्पनीहरूले पछिल्लो १० दिनभित्र चौथोपटक इन्धनको मूल्य बढाएका हुन् ।
नयाँ मूल्य समायोजनअनुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २.७ देखि २.८ भारतीय रुपैयाँसम्म बढाइएको छ । मे १५ यता मात्रै भारतमा इन्धनको मूल्य कुल ७.५ रुपैयाँले वृद्धि भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सोमबार गरिएको पछिल्लो मूल्यवृद्धिपछि भारतको राजधानी न्यु दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०० भारतीय रुपैयाँ नाघेको छ । डिजेलको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिँदै गएपछि भारतीय घरेलु तेल कम्पनीहरूले बढेको लागत उपभोक्तामाथि सार्दा इन्धनको मूल्य लगातार उकालो लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया