बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ६ जना घाइते

लोकपथ
28
Shares

काठमाडौं । बंगलादेशको टांगेल जिल्लामा रड बोकेको ट्रक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

राजधानी ढाकाबाट करिब ९७ किलोमिटर टाढा रहेको उक्त क्षेत्रमा सोमबार बिहान करिब ४ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । अनियन्त्रित भएको ट्रक पुल नजिकैको खाल्डोमा पल्टिँदा ठूलो मानवीय क्षति भएको हो ।

टांगेलका प्रहरी उपरीक्षक मोहम्मद शम्सुल आलमका अनुसार ट्रकमा रडसँगै यात्रुहरू पनि सवार थिए । मृतकहरू आगामी मे २८ मा मनाइने मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल–अधा मनाउन बंगलादेशको उत्तरी जिल्लातर्फ जाँदै गरेका थिए ।

प्रहरीका अनुसार चालकले ट्रकमाथिको नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाइतेहरूको उपचार भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?