एनआईसी एशिया बैंकद्वारा विद्यालयमा पानी ट्यांकी र मोटर जडान

लोकपथ
21
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–१, धारापानीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानी सुविधा सुधारका लागि पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरेको छ ।

विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्दै विद्यार्थी तथा शिक्षकका लागि स्वस्थ र शैक्षिक अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।

१६७ भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा बैंकका कर्णाली सर्कल प्रमुख जीवन शाहीले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुशिला सुनारलाई एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका–१ का वडा अध्यक्ष दिनेश खत्री, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले गरेको यस सहयोगले विद्यालयमा खानेपानी व्यवस्थापन थप प्रभावकारी हुने र समग्र शैक्षिक तथा स्वास्थ्य वातावरणमा सकारात्मक सुधार आउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?