गुणस्तरहीन भेटिएपछि डाबरको मह बजारबाट फिर्ता लिन आदेश

लोकपथ
112
Shares

काठमाडौं । डाबरको हनी (मह) गुणस्तरहीन रहेको पाइएपछि बजारबाट फिर्ता लिन आदेश दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमुना परीक्षणमा डाबरको हनी गुणस्तरहीन रहेको पाइएपछि बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको हो ।

डाबर नेपालको जितपुर सिमरा प्लान्टबाट उत्पादन भएको डाबर हनीको ५०० ग्राम भएको २०२५ को डिसेम्बरमा उत्पादन भएको उक्त मह गुणस्तरहीन रहेको परीक्षणबाट पुष्टि भएको हो । नेपाल सरकारले तोकेको मापदण्डभन्दा न्युन गुणस्तरको रहेको पाइएपछि उक्त मह तत्काल बजारबाट फिर्ता ल्याउन विभागले आदेश दिएको हो ।

डाबरको ब्यच नम्बर एनबी००४७७ ब्याच नम्बरको उक्त मह बजारबाट तत्काल फिर्ता ल्याई बिक्री वितरण नगर्न आदेश दिइएको विभागले जनाएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) को व्यवस्था बमोजिम उक्त ब्याच नम्बरका सबै मह बजारबाट तत्काल फिर्ता गर्न आदेश दिइएको विभागले जनाएको छ । उक्त खाद्यपदार्थ बजारबाट फिर्ता नलिई बिक्री वितरण गरिएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने समेत विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?