सीजी मोटर्सको ‘महा मेला एक्सचेञ्ज कार्निभल’ सुरु, ग्राहकले १२ लाखसम्मको बेनिफिट पाउने

लोकपथ
0
Shares

काठमाडौं । सीजी मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा ‘महा मेला एक्सचेञ्ज कार्निभल’ सुरु गरेको छ । ईभी गाडीहरुको यो प्रदर्शनी जेठ ६ गते बुधबारबाट सुरु भएको हो ।

कार्निभलको उद्घाटन समारोहमा गायक तथा संगीतकार समेत रहेका एक्सपेंग जी सिक्सका एन्डोर्सर कालीप्रसाद बास्कोटा प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । बास्कोटाले आफ्नो एक्सपेंग जी सिक्स कारको प्रशंसा गर्दै नयाँ गाडी किन्न खोज्नेहरुका लागि कार्निभल अत्यन्तै फलदायी हुने बताएका छन् ।

कार्यक्रममा नयाँ रिडारा इकोन फोर एक्स फोर तथा किङ लङको १६ सिट क्षमताको प्यासेन्जर मिनिबस समेत सार्वजनिक गरिएको छ । कम्पनीका अनुसार नयाँ किङ लङको १६ सिटरमा ४०० किलोमिटरभन्दा बढी रेन्ज, २१५ एमएमको ग्राउण्ड क्लियरेन्स लगायतका विशेषता रहेको रहेको छ ।

सीजी मोटर्सले कार्निभल अवधिभर विभिन्न अफरहरू उपलब्ध हुने जनाएको छ । कम्पनीका अनुसार दायुनको कार केवल ३ लाख ९९ हजार डाउन पेमेन्टमै उपलब्ध हुने छ भने रिडाराको रिडारा इकोन पिकअप ९ लाख ९९ हजारको डाउन पेमेन्टमै लैजान सकिने छ ।

त्यसैगरी आयोन र एक्सपेंग ब्रान्डका गाडीहरूमा १२ लाख रुपैयाँसम्मको बेनिफिट, बेस्ट एक्सचेञ्ज भ्यालु र बेस्ट फाइनान्स सुविधा उपलब्ध गराइने सीजीले जनाएको छ ।

कार्यक्रम अवधिभर इच्छुक ग्राहकहरूले भृकुटीमण्डप पुगेर विभिन्न विद्युतीय सवारीसाधनको अवलोकन, टेस्ट ड्राइभ, एक्सचेञ्ज भ्यालुएसन तथा फाइनान्स सम्बन्धी परामर्श लिन सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?