काठमाडौं । ईलेक्ट्रिक सवारीसाधनको आयात र बिक्रीमा अग्रणी स्थानमा रहेको सीजी मोटर्स प्रालिले जेठ ६ गते बुधबारदेखि महा एक्सचेन्ज मेला गर्ने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा मल्टी ब्राण्ड ईभी शोकेस आयोजना गर्न लागेको हो । सीजी मोटर्सले विद्युतीय सवारीसाधनहरुको शोकेसका रुपमा आफूले आयात गरेका ईभी ब्राण्डका कार, भ्यान, पिकअप आदी प्रदर्शनीमा राख्न लागेको हो । यो मेलामा ३ लाख ९९ हजार रुपैयाँको डाउन पेमेन्टमै कार लैजान पाइनेदेखि छुट तथा अन्य बेनिफिट्ससमेत गरी १२ लाख रुपैयाँसम्मको अतिरिक्त लाभ लिन सकिने सीजीले जनाएको छ ।
सीजी मोटर्सका अनुसार नेपालमा विद्युतीय सवारीसाधनको बजारलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने लागेको हो । यो मेला जेठ ६ गते बुधबारदेखि जेठ ११ गतेसम्म गरी ६ दिनसम्म सञ्चालन हुनेछ ।
यो मेलामा सीजी मोटर्सद्वारा आयात गरिएका अग्रणी विद्युतीय सवारीसाधन तथा उनीहरुका ब्राण्डको कार्निभल हुन लागेको हो । मेलामा ग्राहकहरूले एउटै स्थानबाट प्रिमियम ईभी ब्राण्ड र नयाँ प्रविधियुक्त सवारीसाधनको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । कार्निभलमा सीजीका चर्चित ब्राण्डका रिडारा पिकअप, डायुन, जीएसी आयन, एक्सपेङ लगायतका कार र किङलङका १४ तथा १६ सिटरका प्यासेन्जर भ्यानहरु प्रदर्शनीमा राखिनेछ ।
यो मेलामा व्यक्तिगत प्रयोगदेखि व्यावसायिक तथा फ्लीट सञ्चालनसम्मका आवश्यकतालाई लक्षित गरी विभिन्न ब्रान्डमा विशेष अफर, आकर्षक एक्सचेन्ज सुविधा, सवारी मूल्यांकनमा अतिरिक्त लाभ, सहज फाइनान्सिङ लगायतका सुविधाहरु उपलब्ध हुने सीजीले जनाएको छ ।
विद्युतीय सवारीसाधन खरिद गर्ने योजना बनाएका ग्राहक, अटोमोबाइल प्रेमी, व्यवसायी, फ्लीट अपरेटर तथा सार्वजनिक तथा व्यावसायिक यातायातमा ईभी अपनाउन चाहनेहरूका लागि यो कार्निभल उपयोगी हुने अपेक्षा गरिएको सीजी मोटर्सले जनाएको छ ।
सीजी मोटर्सका अनुसार, यो कार्यक्रम केवल सवारी प्रदर्शनी मात्र नभई नेपालमा दिगो, प्रविधिमैत्री र वातावरणमैत्री यातायात तर्फको रुपान्तरणलाई गति दिने प्रयास पनि हो । एउटै प्लेटफर्ममा विभिन्न ईभी ब्राण्ड खरिद सुविधा र एक्सचेन्ज अवसर उपलब्ध गराएर ग्राहकहरूलाई ईभी अपनाउने निर्णय अझ सहज बनाउन कार्निभल केन्द्रित रहनेछ ।
सीजीका अनुसार बुधबार (भोलि) बिहान ९ बजे प्रदर्शनीको उद्घाटन हुनेछ भने साँझ ६ बजेसम्म ग्राहकहरुले सुविधा प्राप्त गर्न सक्नेछन् ।
उक्त प्रदर्शनमा सीजीका विभिन्न ब्राण्डहरु रिडारा, डायुन, जीएसी आयन, एक्सपेङ र किङलङ १४ सिटर तथा १६ सिटर ब्लेड ब्याट्री मोडलहरूसमेत राखिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया