काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता हुन नसके इरानमाथि विगतको तुलनामा अझ सशक्त र तीव्र रूपमा सैन्य आक्रमण गर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा सन्देश सार्वजनिक गर्दै ट्रम्पले तेहरानले वासिङ्टनले अघि सारेका शर्त स्वीकार नगरे अमेरिकी सेनाले बमबारी सुरु गर्ने बताएका हुन् ।
ट्रम्पले भनेका छन्, ‘यदि इरान प्रस्तावित शर्तमा सहमत भयो भने हाम्रो चर्चित सैन्य अभियान ‘एपिक फ्युरी’ अन्त्य हुनेछ । साथै, हाल लागू गरिएको नाकाबन्दी हटाइनेछ र हर्मुज जलडमरूमध्य इरानसहित सबैका लागि खुला गरिनेछ ।’
यद्यपि, इरान सम्झौताका लागि तयार हुने विषयमा आफू आशावादी नरहेको पनि उनले उल्लेख गरेका छन् ।
ट्रम्पले थप भने, ‘यदि उनीहरू सहमत भएनन् भने बमबारी सुरु हुनेछ, र त्यो विगतको तुलनामा अझ उच्च स्तर र बढी तीव्रताको हुनेछ ।’
ट्रम्पको पछिल्लो अभिव्यक्तिले अमेरिका र इरानबीच बढ्दो तनावलाई थप स्पष्ट बनाएको छ । साथै, सम्झौता नभए सम्भावित सैन्य कारबाही गम्भीर हुन सक्ने संकेतसमेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया